Enepal Patra Pvt. Ltd. , ९७८ पटक हेरिएको
काठमाडौँ, २५ असार । बीपी विचार राष्ट्रिय समाजले ३८ औँ बीपी स्मृति दिवस ७७ वटै जिल्लामा मनाउने भएको छ ।
समाजको आज केन्द्रीय कार्यालय चण्डोलमा बसेको कार्यसम्पादन समितिको बैठकले काँग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद कोइरालाको स्मृतिमा आगामी साउन ६ गते देशभर विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) लाई मध्यनजर गर्दै सामाजिक दूरी कायम गरेर ३८औँ बीपी स्मृति दिवस सामान्य तरिकाले मनाउने निर्णय भएको समाजका अध्यक्ष एवं काँग्रेस केन्द्रीय सदस्य कुलबहादुर गुरुङले जानकारी दिनुभयो ।
प्रकाशित मिति: २०२०-०७-०९ , समय : २१:२२:१४ , ६ वर्ष अगाडि