नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण, संक्रमितको संख्या ३२३५

Enepal Patra Pvt. Ltd. , ३७६  पटक हेरिएको

काठमाडौं, २५ जेठ ।   नेपालमा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप ३२३ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाका अनुसार २८६ जना पुरुष र ३७ जना महिलामा संक्रमण देखिएको हो।

आज थपिएका ३२३ सहित नेपालमा संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको प्रवक्ता डा देवकोटाले जानकारी दिए।

नेपालमा हालसम्म ३६५ जना उपचारपछि निको भएका छन्। पछिल्ललो २४ घण्टामा ३२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका हुन्।

प्रवक्ता डा देवकोटाका अनुसार हालसम्म देशका ७० जिल्लामा संक्रमण देखिएको छ।

प्रकाशित मिति: २०२०-०६-०६ , समय : १८:२५:२२ , ४ वर्ष अगाडि