कविता : ओठ र शरिर हैन माटो

Enepal Patra Pvt. Ltd. , १४८६  पटक हेरिएको

ओम आचार्य

पेटमा पटुका कसेर
या दरो इजार वाधेर
वरु भोंक र भोक्कै वस्ने
अर्काको नचोर्ने
मागेर कसैको विशेस दयामा
विशेस सम्वन्धम पेट नभर्ने
आत्मासम्मानी
स्वाभिमानी
कतै खोज्न जानु छ भने
प्रिय मित्र राष्ट्रहरु नेपाल पस्नु

नेपालीहरुलाइ
आफ्नो भुगोल भन्दा प्रिय
उस्को भोंक हुदैन
आफु जन्मेको माटो भन्दा प्रिय
उस्को श्रीमतीको ओठ हुदैन
सुन
अरुर अरुले
ओठ र शरिरहरु चुम्लान
नेपालिहरु माटो चुम्छन

उ जन्मदा
पहिला
साँस फेर्ने क्रममा
उस्ले माटोको गन्ध पायो

उ जन्मदा
आमाको गर्भवाट
जन्मदै माटो भिजाएर जन्मियो
माटोको रसात्मकताले उस्लाइ रसायो
माटोको उर्वराले उस्लाइ हुर्कायो
र यो जम्मै उस्को इन्द्रियमा व्याप्त छ

प्रकाशित मिति: २०२०-०५-२१ , समय : १०:१८:४८ , ४ वर्ष अगाडि