Enepal Patra Pvt. Ltd. , ११९५ पटक हेरिएको

काठमाडौं, ५ जेठ । नेपालमा थप १८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। यो सहित नेपालमा संक्रमितको संख्या ३७५ पुगेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार राती १०स्१५ बजे सार्वजनिक गरेको विवरण अनुसार धनुषा, खोटाङ, बाँके, दैलेख, सुनसरी र झापामा गरी १८ जनामा संक्रमण देखिएको हो।
आजै सोमबार विहान ९ र दिउसो ५३ गरी ६२ जनामा कोरोना संक्रमण देखिएको थियो। राती थपिएका १८ सहित सोमबार मात्र ८० जना संक्रमित थपिएका हुन्।
नेपालमा हालसम्म २ जनाको कोरोनाका कारण मृत्यु भइसकेको छ भने ३६ जना उपचारपछि निको भएका छन्।
प्रकाशित मिति: २०२०-०५-१८ , समय : २२:४१:३२ , ५ वर्ष अगाडि