मगन्ते र भिखारी सडकमा भोक–भोकै

Enepal Patra Pvt. Ltd. , ११६४  पटक हेरिएको

हरि कोइराला,
कानेपोखरी(मोरङ), २४ चैत। पूर्वोत्तर मोरङका उर्लाबारी, पथरीशनिश्चरे,कानेपोखरी र बेलबारी नगर क्षेत्रमा यतिबेला भारतीय मुलका भिखारी, मगन्ते र मानसिक सन्तुलन गुमाएका मानिसहरू बाक्लो उपस्थिति देखिन्छ । कोही नाङ्गै हिडिरहेका देखिन्छन । त कोही मध्य सडकमा बसिरहेका भेटिन्छन् ।
कोरोना संक्रमण फैलिन नदिन सरकारले बन्दाबन्दीको घोषणा गरेपछि माग्ने र भिखारीको कन्त विजोग भएको छ । विगतमा उनीहरू दिनभरमा सहर बजारमा मागेर खान्थे । साँझ जङ्गल छेउछाउका मन्दिर,पाटी र गुम्बामा आस्रय लिएर बस्ने गर्थे । तर, सरकारले बन्दाबन्दी घोषणा गरेयता भारतीय मूलका ति भिखारीहरूले केही खान पाएका छैनन् ।
सोमबार बिहान मध्य मोरङको पूर्व पश्चिम राजमार्गसँगै जोडिएको कानेपोखरीमा तीन जना भिखारी भेटिए । नेपाली भाषा सम्म बोल्न नजान्ने त्यस्ता भिखारी र मागी खानेहरूले पानी सम्म पिउन नपाएको स्थानीयको भनाई छ । होटल, फलफूल पसल , किराना पसल सबै बन्दछन् । ब्यापारीहरू आफैं सङ्कटमा परेको बेला भिखारी, मगन्ते र मानसिक सन्तुलन गुमाएका मानिसहरूलाई कसले खान दिने ? – कानेपोखरीका फलफूल ब्यावसायी र होटल ब्यावसायीको प्रतिक्रिया छ ।
भारतको पश्चिम बङ्गालबाट काँकडभिट्टा र पशुपतिनगर हुँदै नेपाल छिरेका त्यस्ता माग्ने र भिखारीको सङ्ख्या दुई दर्जन बढी रहेको उर्लाबारीका ब्यापारी दिलिपकुमार अग्रवालले बताउनु भयो । त्यति मात्रै होइन, कोइला बोकेर नेपाल आएका भारतीय गाडीले समेत भिखारी र मगन्ते बोकेर ल्याउने गरेको प्रत्यक्षदर्शी रतुवामाई–९ इटहराका तोया पौडेलले बताउनु हुन्छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत मोरङको उर्लाबारी–३ बाट पश्चिम तर्फ बेलबारी–१० सम्म उत्तर –दक्षिण जङ्गल क्षेत्रपर्छ । सोही क्षेत्रमा गाडीले भिखारी र माग्नेलाई छोडिदिने गर्छन् । त्यसपछि सोही क्षेत्रको जङ्गल नै उनीहरूको थातथलो हुने गरेको छ ।

प्रकाशित मिति: २०२०-०४-०६ , समय : २०:०१:०८ , ४ वर्ष अगाडि