Enepal Patra Pvt. Ltd. , १२३८ पटक हेरिएको
काठमान्डाै १ चैत । नेपालकै पहिलो स्ट्यान्ड–अप कमेडी रियालिटी शो ‘कमेडी च्याम्पियन’को उपाधि धादिङका हिमेश पन्तले हात पारेका छन्।
शनिबार भएको फाइनलमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै उनले ‘कमेडी च्याम्पियन’को उपाधि हात पारेका हुन्।
फाइनलका लागि तीनजना प्रतिस्पर्धी छानिएका थिए।
विभिन्न चरण हुँदै सुमन कोइराला, खड्गबहादुर पुन मगर र हिमेश पन्त फाइनलका पुगेका थिए।
यसअघिको शृंखलाबाट निर्णायकले पन्तलाई फाइनलका लागि छानिसकेका थिए। मगर र कोइराला भने भोटबाट छानिएका हुन्। सुमन र खड्गबहादुर वाइल्ड कार्ड इन्ट्रीबाट शोमा पुनः प्रवेश गरेका प्रतिस्पर्धी हुन्।
उनले २५ लाख नगद र कार प्राप्त गरेका छन्।
प्रकाशित मिति: २०२०-०३-१४ , समय : १९:४३:३५ , ६ वर्ष अगाडि