च्याउका ३५ परिकारका लागि होटल ड्रिम्स

Enepal Patra Pvt. Ltd. , २४४२  पटक हेरिएको

हरि कोइराला,
उर्लाबारी, १४ फागुन । मोरङको उर्लाबारीमा च्याउका मात्र ३५ परिकार परिकार उपलब्ध हुने होटल सञ्चालनमा आएको छ ।
उर्लाबारी ३ को किसान चौकमा पूर्व पश्चिम राजमार्गसँगै जोडिएको होटल ड्रिम्स एण्ड लजले देश मै पहिलोपटक च्याउका ३५ परिकार उपलब्ध गराउने गरी होटल सञ्चालन गरेको दाबी गरेको छ । शुक्रबार उर्लाबारीका नगर प्रमुख खड्गबहादुर फागोले होटलको उद्घाटन गर्नुभयो । १५ वर्ष देखि च्याउको ब्यावसायिक खेती गर्दै आउनु भएका उदयचन्द्र श्रेष्ठ सहित टीका राजभण्डारी, बोधराज श्रेष्ठ,पदम राई र पूर्ण सिंघकको संयुक्त लगानीमा होटल सञ्चालनमा आएको हो ।
नेपाल भ्रमण वर्षलाई लक्षित गरी कुल १ करोड ६० लाख रुपियाँको लगानीमा सुरु भएको होटलले १५ जनालाई रोजगार दिइरहेको छ । उर्लाबारीमा उच्च पदस्थ ब्यक्तिहरू आउँदा छिमेकी शहरमा लगेर आवासको बन्दोवस्त गर्नु पर्ने समस्या हल भएको होटल सञ्चालक पूर्ण सिंघकले बताउनु भयो । खासगरी पाहुनाहरूले उर्लाबारी मै उत्पादित च्याउका मीठा मीठा परिकार होटल ड्रिम्समा खान पाउने सञ्चालकहरूको भनाई छ ।

प्रकाशित मिति: २०२०-०२-२६ , समय : १७:४४:३९ , ४ वर्ष अगाडि