त्रिभुवन विमानस्थलमा आगलागी

Enepal Patra Pvt. Ltd. , ८७२  पटक हेरिएको

काठमाडौ ,२७ माघ । ­त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको कफी सपमा आगलागी भएको छ । सोमबार राति विमानस्थलको कफी सपमा भएको आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

आगलागी करीब दश मिनेट भएको थियो । विजुली तार सर्ट भएर आगलागी भएको बताइएको छ । विमानस्थल सुरक्षा प्रमुख एसएसपी रामकृपाल साहले आगगलागी नियन्त्रणमा आएएपनि होल्ड भएको उडान सुचारू हुन केही समय लाग्ने बताए।

उनका अनुसार, अन्तर्राष्ट्रिय विमानहरूको नियमित उडानका लागि प्रयास भरहेको बताए।

विमानस्थल सुरक्षामै चुनौती हुनेगरि आगलागी भएपछि केही समय भागदौड भएको थियो। आगलागीसँगै, स्थिती समेत नियन्त्रणमा आएको छ । समाचार हिमाल खबर पत्रिकामा छापिएको छ।

प्रकाशित मिति: २०२०-०२-१० , समय : २१:३३:१३ , ४ वर्ष अगाडि