ईनेपालपत्र संबाददाता , २१ पटक हेरिएको
काठमाडौँ, २९ कार्तिक। नेपालको जनकपुरधाम र भारतको उत्तर प्रदेशस्थित अयोध्याबीच साप्ताहिक यात्रुवाहक रेल सेवा सञ्चालन गर्न भारतीय रेल्वे मन्त्रालयले औपचारिक स्वीकृति दिएको छ।
माता सीताको जन्मभूमि जनकपुर र भगवान् रामको जन्मभूमि अयोध्यालाई जोड्ने यो रेल सेवाले करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ। भारतीय रेल्वे मन्त्रालयका अनुसार यो रेल हरेक शनिबार जनकपुरधामबाट र हरेक सोमबार अयोध्या क्यान्टबाट प्रस्थान गर्नेछ।
यस रेलका प्रमुख बिसौनीहरूमा जयनगर, मधुबनी, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती, मनकापुर र अयोध्या धाम रहनेछन् ।
रामायण सर्किटको प्रवर्द्धन गर्ने उद्देश्यले सुरु हुन लागेको यस सेवाले दुई देशबीचको धार्मिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई अझ प्रगाढ बनाउनुका साथै तीर्थयात्री र पर्यटकहरूलाई सहज यात्राको सुविधा प्रदान गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२६-११-१५ , समय : १०:४०:३८ , २७ मिनेटutes अगाडि