ईनेपालपत्र संबाददाता , २३ पटक हेरिएको
काठमाडौँ २९ कार्तिक । प्रहरीले नेपाली कांग्रेसका नेता तथा पूर्व कोषाध्यक्ष उमेश श्रेष्ठका भाइ महेश श्रेष्ठलाई पक्राउ गरेको संचार माध्यमले जनाएका छन।
जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनलाई कीर्तिपुरको पाङ्गा क्षेत्रबाट नियन्त्रणमा लिएको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिलीप घिमिरेले पुष्टि गरेका छन्।
सम्पत्ति शुद्धीकरण तथा बैंकिङ कसुरको आरोपमा अनुसन्धानको दायरामा रहेका विवादास्पद बिचौलिया इनम सापकोटासँग महेशको बैंकिङ तथा आर्थिक कारोबार देखिएको प्रहरी स्रोतले बताएको छ। सापकोटामाथि भइरहेको विस्तृत अनुसन्धानका क्रममा महेशको संलग्नता खुलेपछि थप सोधपुछका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस प्रकरणमा उच्च पदस्थ अधिकारी तथा राजनीतिक व्यक्तिहरूसँगको नेक्सस बारे प्रहरीले विभिन्न कोणबाट अनुसन्धान अघि बढाएको छ।
#BreakingNews #NepalPolice #Kathmandu #InamSapkota #LatestNewsNepal
प्रकाशित मिति: २०२६-११-१५ , समय : १०:३२:१९ , २५ मिनेटutes अगाडि