फेसबुकमा खुकुरीसहितको तस्बिर राखेको आरोपमा १८ वर्षीय युवक पक्राउ

Enepal Patra Pvt. Ltd. , ८  पटक हेरिएको

न्यूज कारखाना 
रौतहट, २६ असोज । सामाजिक सञ्जाल फेसबुकमा खुकुरी देखाउँदै तस्बिर पोस्ट गरेको आरोपमा धनुषा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका–१३ का १८ वर्षीय सुमन पटेल रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार पटेललाई आफ्नै घरबाट पक्राउ गरिएको हो । सामाजिक सञ्जालमा खुकुरीजस्तो हतियार प्रदर्शन गर्दै डरत्रास फैलाउने प्रकृतिको सामग्री पोस्ट गरेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

सामाजिक सञ्जालमार्फत हतियार प्रदर्शन गरी सार्वजनिक रूपमा त्रास फैलाउन खोजेको आरोपमा प्रहरीले अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी ओम प्रकाश खनालले बताए।

घटनाबारे थप विवरण तथा पक्राउ परेका युवकविरुद्धको कानुनी प्रक्रियाबारे प्रहरीले विस्तृत जानकारी सार्वजनिक गर्न बाँकी छ ।

प्रकाशित मिति: २०२६-१०-१२ , समय : १७:५६:०६ , २ घन्टा अगाडि