Enepal Patra Pvt. Ltd. , ७ पटक हेरिएको
काठमाडौं, १६ भदौ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले भोटेकोसी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ।
नगरपालिकाको आज बसेको ९१औँ कार्यपालिका बैठकले बाढीका कारण भएको ठूलो मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उक्त सहयोग राशिको घोषणा गरेको नगरप्रमुख (मेयर) मोहनमाया भण्डारी ढकालले जानकारी दिएकी छन्।
प्रकाशित मिति: २०२६-०९-०१ , समय : २२:१०:५३ , २ घन्टा अगाडि