दिपेश रोक्का , २० पटक हेरिएको
दिपेश रोक्का / काठमाडौ। अमेरिकाको ओहायोमा बस्दै आएका गीतकार रुपेश शर्माको नयाँ गीत ‘मायाको चिनो’ सार्वजनिक भएको छ। आर क्युब इन्टरटेनमेन्टमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा प्रेम, विश्वास र सम्झनाको कथालाई प्रस्तुत गरिएको छ।
गीतमा गायक सिडी विजय अधिकारी र गायिका मनीषा राईको स्वर रहेको छ। गीतको संगीत सिडी विजय अधिकारीले तयार गरेका हुन् भने म्युजिक प्रोडक्सन, मिक्सिङ तथा मास्टरिङ पुष्कर खत्रीले गरेका छन्। सिडी विजय अधिकारी र मनीषा राई वास्तविक जीवनमा श्रीमान–श्रीमती हुन्।
भिडियोमा रुपेश शर्मा, रुकमिना तिम्सिना र सुरवीर पण्डितले अभिनय गरेका छन्। कथाले प्रेममा रहेका दुई पात्रबीच मायाको चिनोका रूपमा औँठी र रुमाल साटासाट हुने प्रसंगलाई देखाउँछ। संवाद, नृत्य र रोमान्टिक दृश्यमार्फत भिडियोले गीतको भावलाई प्रस्तुत गर्ने प्रयास गरेको छ।
भिडियोको निर्देशन तथा कोरियोग्राफी सन्तोष राजबाहकले गरेका छन्। छायांकन रामकुमार केसी, सम्पादन तथा कलर ग्रेडिङ कल्पेश विश्वकर्मा, मेकअप गीत तामाङ, ग्रुप लिडर राजाराम सिंखडा तथा सहायक निर्देशन राहुल अधिकारीले सम्हालेका छन्। भिडियोको पोस्ट–प्रोडक्सन एन अल्फा स्टुडियोमा गरिएको छ।
गीतकार शर्माले आफू विदेशमा रहे पनि नेपाली गीत–संगीतसँगको सम्बन्धलाई निरन्तरता दिँदै सिर्जनामा सक्रिय रहेको बताएका छन्। निर्माण टोलीले ‘मायाको चिनो’लाई नेपाली सांगीतिक बजारमा दर्शक–श्रोताले मन पराउने विश्वास व्यक्त गरेको छ।
प्रकाशित मिति: २०२६-०७-०७ , समय : २२:४४:५६ , ३ घन्टा अगाडि