ईनेपालपत्र संबाददाता , ८ पटक हेरिएको
काठमाडौं, २२ असार । फिफा विश्वकप २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको छ।
आज राती सम्पन्न खेलमा क्रिस्टियानो रोनाल्डोको टिम पोर्चुगललाई १–० गोलले हराउँदै स्पेन क्वाटर फाइनलमा प्रवेश गरेको हो । खेल सकिनै लाग्दा इन्जुरी समयमा स्पेनका मिकेल मेरिनोले ९० प्लस १ मिनेटमा गरेको गोल नै अन्ततः पोर्चुगलको पराजयका लागि निर्णायक बन्यो।
पोर्चुगल र स्पेनबीच हालसम्म कुल ४२ अन्तर्राष्ट्रिय खेलहरू खेलिएका छन्। तीमध्ये स्पेनले १९ र पोर्चुगलले ७ खेल जितेका छन् भने १६ खेल बराबरीमा टुंगिएका छन्।
फिफा विश्वकपमा यी दुई टोली तेस्रो पटक आमने सामने भएका हुन । यसअघि सन् २०१८ को विश्वकपमा उनीहरूबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो भने सन् २०१० को विश्वकपमा स्पेन १–० ले विजयी भएको थियो र अहिले फेरी १५ बर्ष पछि स्पेनले पोर्चुगल माथी बिजय हासिल गरेको हो ।
सन २०१० फिफा विश्वकप बिजेता टोली स्पेनले अब अमेरिका र बेल्जियम बिच हुने खेलको बिजेतासँग सेमी फाइनलका लागि खेल्नेछ ।
प्रकाशित मिति: २०२६-०७-०७ , समय : ११:४७:५१ , २ घन्टा अगाडि