ईनेपालपत्र संबाददाता , १२ पटक हेरिएको
काठमाडौं, १० जेठ । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जल तथा मौसम बिभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बादल लागेको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्म वर्षा भईरहेको छ।
दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ । मधेश प्रदेश लगायत बाँकी प्रदेशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत बागमती, गण्डकी प्रदेशका तराई भू(भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा तातो दिन तथा तराई भू-भागमा तातो लहर हुने सम्भावना रहेको छ। मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको छ।
राती भने कोशी प्रदेश लगायत बाँकी हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक बादल लाग्नेछ, बाँकी पहाडी र तराई भू-भागमा मुख्यतया सफा रहनेछ । कोशी प्रदेश लगायत, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी र कर्णाली प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना रहेको छ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू-भागको केही स्थानहरूमा, मधेश प्रदेश लगायत कोशी, बागमती, गण्डकी प्रदेशका तराई भू-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा तातो दिन तथा तराई भू-भागमा तातो दिन हुने सम्भावना रहेको छ।
मधेश र कोशी प्रदेशको तराई भू-भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेकोले विभागको पछिल्लो सूचनामा अध्यावधिक रहन तथा आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
प्रकाशित मिति: २०२६-०५-२४ , समय : ०७:४९:२९ , ३ घन्टा अगाडि