एमाले सचिवालय बैठक आज पनि

ईनेपालपत्र संबाददाता , १०  पटक हेरिएको

काठमाडौं, ९ जेठ । नेकपा एमालेको सचिवालय बैठक आज पनि बस्दैँछ ।

अध्यक्ष केपी शर्मा ओली निवास गुण्डु, भक्तपुरमा हिजो बैठक नसकिए पछि आज पनि बस्न लागेको हो ।

 

उपमहासचिव लेखराज भट्टका अनुसार आज बिहान ११ः३० बजे फेरि बस्दैँछ ।

 

कार्य विभाजन मुख्य अजेन्डा भए पनि हिजोको बैठकमा ५ जनाले मात्रै बोलेका तर सचिवालयका बाँकी १२ जनाले आफ्नो धारणा राख्न बाँकी रहेकाले बैठक आज सम्म लम्बिएको हो ।

प्रकाशित मिति: २०२६-०५-२३ , समय : ०८:०५:५८ , २ घन्टा अगाडि