प्रशान्त निराैला , १० पटक हेरिएको
काठमाडौं, २४ चैत । सरकारले विभिन्न ६ देशमा कार्यरत नेपाली राजदूतहरूलाई फिर्ता बोलाउने निर्णय गरेको छ। हालको सरकारको निर्णयअनुसार तत्कालीन कांग्रेसएमाले गठबन्धन सरकारले नियुक्त गरेका राजदूतहरूलाई जिम्मेवारीबाट फिर्ता ल्याउने प्रक्रिया अघि बढाइएको हो।
फिर्ता बोलाइएका राजदूतहरूमा भारतका लागि डा. शंकरप्रसाद शर्मा, अष्ट्रेलियाका लागि चित्रलेखा यादव, श्रीलंकाका लागि डा. पूर्णबहादुर नेपाली, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाङ्फे, डेनमार्कका लागि सुम्निमा तुलाधर र दक्षिण अफ्रिकाका लागि कपिल श्रेष्ठ रहेका छन्। परराष्ट्र मन्त्रालयले उनीहरूलाई एक महिनाभित्र स्वदेश फर्कन औपचारिक निर्देशन दिएको जनाएको छ।
सरकारले यस निर्णयलाई कूटनीतिक पुनर्संरचना र नीतिगत प्राथमिकतासँग जोडेर हेरेको छ। यसअघि तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले उनीहरूलाई नियुक्त गरेको थियो। पछिल्लो समय सरकार परिवर्तनसँगै राजदूत फिर्ता बोलाउने अभ्यास दोहोरिँदै आएको छ, जसले नेपालको परराष्ट्र नीतिमा राजनीतिक प्रभाव देखिएको विश्लेषण गरिएको छ।
प्रकाशित मिति: २०२६-०४-०७ , समय : १०:४१:४१ , ३ घन्टा अगाडि