हिरासत पुस्तकालयका लागि पत्रकारहरूको पुस्तक सहयोग, सुधारमुखी अभियानमा सबैलाई सहभागी हुन आह्वान

निरोज ढकाल , १९६  पटक हेरिएको

हिरासत पुस्तकालयका लागि पत्रकारहरूको पुस्तक सहयोग, सुधारमुखी अभियानमा सबैलाई सहभागी हुन आह्वान

 

लेटाङ,१८ चैत। “किताबले सोच बदल्छ, सोचले व्यवहार बदल्छ” भन्ने विश्वासका साथ इलाका प्रहरी कार्यालय, लेटाङमा स्थापना गरिएको हिरासत पुस्तकालय (Custody Library) का लागि लेटाङ निवासी पत्रकारहरू प्रशान्त निरौला, रेवती निरौला, अर्जुन लिम्बू र निरोज ढकाल द्वारा विभिन्न पुस्तकहरू सहयोग गर्नुभएको छ ।

 

उक्त सहयोगप्रति आयोजक पक्षले हार्दिक आभार व्यक्त गरेको छ ।

हिरासतमा रहेका व्यक्तिहरूको सोच र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित सञ्चालन गरिएको यस पुस्तकालयमार्फत सुधारमुखी वातावरण निर्माण गर्ने लक्ष्य राखिएको जनाइएको छ । पुस्तक अध्ययनमार्फत थुनुवाहरूमा चेतना र व्यवहारमा सुधार आउने विश्वास गरिएको छ ।

 

यस अभियानलाई अझ प्रभावकारी बनाउन पुस्तक सहयोगमार्फत सहभागी हुन सम्पूर्ण सर्वसाधारण तथा सरोकारवालाहरूलाई अनुरोध गरिएको छ । “तपाईंको साथ सुधारको आश” भन्ने सन्देशसहित सबैको सहकार्य अपेक्षा गरिएको छ ।

प्रकाशित मिति: २०२६-०४-०१ , समय : १८:०९:५५ , ५ महिना अगाडि