प्रधानमन्त्री बालेन्द्र साहको औपचारिक तस्बिरलाई लिएर आलोचना

निरोज ढकाल , १५  पटक हेरिएको

काठमान्डौ, १८ चैत। नेपालका प्रधानमन्त्री बालेन्द्र साहको भर्खरै सार्बजनिक भएको औपचारिक तस्बिरलाई लिएर व्यापक आलोचना सुरु भएको छ। प्रधानमन्त्रीको कार्यालयद्वारा सार्वजनिक गरिएको उक्त तस्बिरमा साहले कालो चस्मा लगाएको देखिएपछि विभिन्न पक्षबाट प्रश्न उठाइएको हो।

 

औपचारिक र कूटनीतिक तस्बिरहरूमा सामान्यतया चस्मा लगाउनुलाई अनुपयुक्त मानिने र साहको यो कदमले पदको मर्यादामा आँच पु¥याएको आलोचकहरूको तर्क छ।

सामाजिक सञ्जालमा पनि साहको तस्बिरलाई लिएर विभिन्न प्रतिक्रियाहरू आएका छन्। कतिपयले साहको यो शैलीलाई आधुनिक र व्यक्तिगत अभिव्यक्तिको रूपमा समर्थन गरेका छन् भने कतिपयले यसलाई गम्भीरताको कमी र गैर-पेशेवर व्यवहारको रूपमा आलोचना गरेका छन्। केही व्यक्तिहरूले भने साहले आफ्नो पहिचान र व्यक्तिगत शैलीलाई कायम राख्न खोजेको भन्दै उनको बचाउ गरेका छन्।

प्रकाशित मिति: २०२६-०३-३१ , समय : १९:२५:१८ , ३ घन्टा अगाडि