प्रशान्त निराैला , ११ पटक हेरिएको
काठमाडौं, ८ फागुन। नेपाली कांग्रेसले फागुन १७ गते काठमाडौंमा बृहत् चुनावी सभा आयोजना गर्ने भएको छ। पार्टी प्रवक्ता देवराज चालिसेले सभामा सभापति गगन थापा र उपसभापति तथा निर्वाचन परिचालन समिति संयोजक विश्वप्रकाश शर्मासहित शीर्ष नेतृत्वले सम्बोधन गर्ने जानकारी दिए।
उक्त सभाको तयारीका लागि शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा प्रवक्ता चालिसेसहित उपत्यकाबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य र जिल्ला नेतृत्वबीच छलफल सम्पन्न भएको थियो।
यसअघि कांग्रेसले फागुन ६ गते जनकपुरको तिरहुतियामा मधेस केन्द्रित सभा गर्दै चुनावी अभियान सुरु गरेको थियो भने फागुन ७ गते काठमाडौंमा ‘हाम्रो प्रतिज्ञा, तपाईंको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रम आयोजना गरेको थियो। अन्य प्रदेशहरूमा पनि ठूला चुनावी कार्यक्रम गर्ने तयारी भइरहेको र त्यसको तालिका शनिबार टुंगो लाग्ने बताइएको छ।
प्रकाशित मिति: २०२६-०२-२० , समय : १५:०१:२६ , ८ घन्टा अगाडि