दिपेश रोक्का , १८ पटक हेरिएको

काठमाडौँ । अमेरिकामा रहेकी गायिका नीता आचार्यले आफ्नो नयाँ शिवभजन “त्रिनेत्रधारी” सार्वजनिक गरेकी छन् । सार्वजनिक भजनमा नीताको भक्ति र समर्पणले यसलाई मार्मिक बनाएको छ ।
भजनको भिडियो निर्देशन अनुभवी निर्देशक तथा कोरियोग्राफर गोविन्द राईले गरेका हुन् । नेपाली फिल्म र संगीत क्षेत्रमा १५० भन्दा बढी फिल्म र १००० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेका राई हाल अमेरिकाको न्यूयोर्कमा बसोबास गर्दै आफ्नो डान्स स्कुल सञ्चालन गरिरहेका छन् ।
अञ्जय खड्काले भिडियोको छायाङ्कन तथा सम्पादन गरेका हुन् । यस भिडियोमा गायिका नीता आचार्यसँगै बालकलाकार महर्षि घिमिरेले अभिनय गरेका छन् । महर्षि निर्देशक शंकर घिमिरे र अभिनेत्री रिचा घिमिरेका छोरा हुन् ।
यो भजनको भिडियो हिन्दू बुद्ध मन्दिर र मेरिल्यान्डको बाल्टिमोर वरपर छायाङ्कन गरिएको हो ।
लामो समयदेखि नेपाली संगीत क्षेत्रमा सक्रिय नीताका लोकप्रिय गीतहरू— “समर्पण”, “जिन्दगी त सँगै जिउने हो”, र “यादहरू रंगिन संसार”— श्रोताको मनमा आज पनि ताजै छन् ।
प्रकाशित मिति: २०२५-१०-१४ , समय : ११:१०:३६ , ६ घन्टा अगाडि