प्रशान्त निरौला , १९८ पटक हेरिएको

इटहरी,९ भदौ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले इटहरी शाखामा कार्यरत शाखा प्रमुख मधु कुमार राईलाई बिदाई गरेको छ।
धरान शाखामा सरुवा भएका राईलाई कम्पनीका इटहरी शाखा र यसअन्तर्गतका उपशाखाका कर्मचारी र अभिकर्ताहरूले सम्मानसहित बिदाई गरे।साथै, धरान शाखाका प्रमुख बेद कुमार खत्रीलाई इटहरी शाखामा स्वागत गरिएको छ।
खत्रीको आगमनसँगै इटहरी शाखाका कर्मचारी र अभिकर्ताहरूले खुसी व्यक्त गरेका छन्।कम्पनीका कोशी प्रदेश प्रमुख तुलसी पौडेलले दुबै शाखालाई अझ उच्च स्तरमा पुर्याउन सहयोग पुर्याउने विश्वास व्यक्त गर्दै शुभकामना दिएका छन्।
यो सरुवा र स्वागतले कम्पनीको कार्यक्षमता र सेवा विस्तारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रकाशित मिति: २०२४-०८-२५ , समय : १४:०२:२० , १० महिना अगाडि