कमलपुरको झोलुङे पुल आसपास पर्यटकीय गन्तव बन्दै

अभिषेक पौडेल , ३३१  पटक हेरिएको

लेटाङ, २३ कार्तिक । पर्यटकिय क्षेत्र लेटाङ ३ मा रहेको कमलपुर सामुदायिक बन उपभोक्ता समुह अन्तरगत कमलपुर पुच्छरमा लेटाङ नगरपालिका वडा नं. ३ को कार्यालय समेत सहयोगमा पर्यटनको क्षेत्रमा महत्वपुर्ण काम सुरु गरेको छ ।
कमलपुर चिसाङ आकाशे पुल पर्यापर्यटकिय स्थल नामाकरण गरिएको उक्त ठाउँमा जंगल सफारी देखि स्विमिङ पुलको अबधारणा सार्बजनिक गरि निर्माणको कार्य सुरुवात गर्न लागिएको छ ।
करिब ५ हेक्टर क्षेत्रफल लाई पर्यटकीय क्षेत्रको योजनामा समाबेश गरि पुर्वाधार बनाउने योजना अघि सारिएको वडा अध्यक्ष डम्बर राईले जानकारी दिनुभयो ।
कमलपुर सामुदायिक बनले यसका लागि बृहत् योजना बनाएको हो । योजनामा उक्त ठाउँमा पिकनिक खाने , मनोरम दृष्यालोकन गर्ने , जंगली जनावर हेर्ने लगायत बृहत् योजना अघि सारिएको बनका अध्यक्ष गोपाल श्रेष्ठले जानकारी दिनुभयो । श्रेष्ठका अनुसार लेटाङ नगरपालिकाको पर्यटकिय क्षेत्रको मुख्य पोइन्टको रुपमा उक्त क्षेत्रलाई अघि सारिएको समेत जनाउनुभयो ।
नगरपालिकाले लेटाङ ४ स्थित टुक्रे बनमा समेत गुरु योजना बनाएर पर्यटकिय क्षेत्रको बिकास गर्न योजना अघि बढाएको छ । लेटाङ १ राजारानी क्षेत्र समेत लेटाङको मुख्य पर्यटकिय गन्तब्य हो । यस्तै लेटाङ ८ को माथिल्लो क्षेत्र, कोलुङ झरना लगायत समेत पर्यटकिय गन्तब्यका रुपमा चिनिन्छन ।

प्रकाशित मिति: २०२३-११-०९ , समय : २०:०८:१४ , २ वर्ष अगाडि