गणपती’ को ट्रेलर सार्वजनिक

दिपेश राेका , ३२४  पटक हेरिएको

काठमाडौ , ३० श्रावण । भदौ १४ गतेबाट रिलिज तयारीमा रहेको चलचित्र ‘गणपती’ को ट्रेलर सार्वजनिक भएको छ।

सविन अधिकारीको निर्देशनमा तयार भएको चलचित्रको ट्रेलर आकर्षक देखिएको छ। मुकुन भुषाल र प्रकाश घिमिरे चलचित्रको ट्रेलरमा सशक्त देखिएका छन्। चलचित्रमा मुकुन भुषाल, प्रकाश घिमिरे, मेनुका प्रधान, सूर्यमाला खनाल, देवेन्द्र बब्लु, कविता न्यौपाने, अंशु महर्जन लगायतका कलाकारको अभिनय रहेको छ।

राम प्रसाद रिजालको प्रस्तुती निर्माण भएको चलचित्रमा लक्ष्मण रिजाल निर्माताको रुपमा रहेका छन्।

प्रकाशित मिति: २०२३-०८-१५ , समय : १४:२४:४० , ९ महिना अगाडि