कर्मचारी युनियनको वनभाेज वेतनामा

Enepal Patra Pvt. Ltd. , १२६५  पटक हेरिएको

बेलवारी,१२पुस । नेपाल निजामती कर्मचारी युनियन माेरङ र नेपाल बहुदेश्यीय सहकारी संस्था लि काे संयुक्त आयाेजनामा कांग्रेस निकट निजामती कर्मचारीको वनभाेज शनिवार बेलबारीमा सम्पन्न भएको छ । वेतना सिमसार सामुदायिक वन परिसरमा भएको बनभाेजमा नेपाली काङ्ग्रेसका नेताहरूकाे उल्लेख सहभागिता रहेको थियाे । बिहान देखि नै वनभाेज स्थलमा अाउन थालेका नेताहरू अबेर सम्म पनि अाएर कर्मचारीलाई निरुत्साहित नभई जनताको पक्षमा काम गर्न सुझाएका थिए ।कार्यक्रममा प्रदेश सांसदहरू सुयर्माराज राई,शेखर चन्द्र थापा,माेरङ कांग्रेस का सचिव माेदराज घिमिरे ले शुभकामना दिनु भएको थियोे । बनभाेज कार्यक्रममा उर्लाबारीका नगरप्रमुख खड्गबहादुर फागाे, रतुवामाईका प्रमुख रविन राई, सुनवर्सीका प्रमुख कालिप्रसाद दास,उप प्रमुख मन्जु राई, विराटनगर महानगर पालिकाकी उप प्रमुख ईन्दिरा कार्की लगायतको सहभागिता थियाे ।यस्तै कांग्रेस महासमिति सदस्यहरू बसन्त भट्टराई , डाक्टर सुनील शर्मा , महेन्द्र सुवेदी ,नगेन्द्र कट्टेल,ललित श्रेष्ठ ,रुक्मिणी धिमाल , माेरङ कांग्रेसका काेषाध्यक्ष गाेपाल थापा लगायतको उपस्थिति थियाे ।

प्रकाशित मिति: २०१९-१२-२८ , समय : २०:५६:२९ , ४ वर्ष अगाडि