ईनेपालपत्र समाचारदाता , १४२६ पटक हेरिएको
दिपेश राेका
माघ २३, कानेपोखरी । मोरङको कानेपोखरी ६ स्थित रमाइलो जनएकता साकोसको भवनमा शनिवार आदर्श समाज कानेपोखरीले पहिलो वार्षिकोत्सब मनाएको छ ।
आदर्श समाज कानेपोखरीकाे वार्षिकोत्सवको उद्घाटन प्रदेश सभा सदस्य मानबहादुर लिम्बूले दियो बालेर गर्नु भयाे । कार्यक्रममा समाजसेवी , ज्येष्ठ नागारिक , प्रहरी प्रशासन विभिन्न राजनीतिक दल का नेता , विघार्थी हरु को बाक्लो उपस्थिति रहेको थियो ।
आदर्श समाज कानेपोखरीको स्थापना भएको १ बर्ष पूरा भएको छ । आदर्श समाजले कानेपोखरीमा चेतनामूलक कार्यक्रमहरूकाे आयाेजना गर्दै आएको छ ।
आदर्श समाज कानेपोखरीले हरेक वर्ष नयाँ नयाँ कार्यक्रम गर्ने, सुर्तीजन्य पदार्थ को प्रयोगमा निरुत्साहित गर्ने समाजका अध्यक्ष ओमप्रकाश काेइरालाले बताउनु भयो।
कार्यक्रमकाे उद्घाटन गर्दै प्रमुख अतिथि समेत रहनु भएका प्रदेश सभा सदस्य मानबहादुर लिम्बूले आदर्श समाजमा मार्फत थारु राजवंशी, दलित, महिला आदिवाशी जनजातिको प्रतिनिधित्वमा जाेडदिनुभयाे ।लिम्बूले यश क्षेत्रमा रहेका सामाजिक सबै संघ संस्थालाई सहभागी गराई सामाजिक अभियान सञ्चालन गर्न आग्रह गर्दै छाता संस्थाकाे भुमिका आदर्श समाजले गर्नुपर्ने बताउनुभयो । आदर्श समाज कानेपोखरीलाई सामाजिक अभियानमा ,सचेतनाका कार्यक्रममा जाेड्न आफुले आर्थिक सहयाेग गर्ने लिम्बूको भनाइ थियोे।
कार्यक्रममा नेपाली कांग्रेसका माेरङ ३(१) का सचिव हिमप्रसाद तिम्सिना ,नेपाली कांग्रेस कानेपाेखरीका सभापति याेगेन्द्रप्रसाद दाहाल,हाम्राे प्रयासकी अध्यक्ष देवीमाया बास्काेटा लगायतले शुभकामना मन्तब्य ब्यक्त गर्नुभयो ।
संस्थाका सचिव सुमन अधिकारीले सञ्चालन गर्नु भएको कार्यक्रममा सुकदेव राजवंशीले स्वागत भाषण गर्नुभयो । कार्यक्रमका शिलशिलामा सङ्गीता काेइराला,कानेपोखरी साहित्य समाजका अध्यक्ष दुर्गा बहादुर कार्की , कानेपोखरी साहित्य समाज का सदस्य नवीन झोडालीले कबिता र गजल वाचन गर्नु भएको थियो ।
पर्ल एकेडेमी इङ्लिस स्कुल,पिनाकल ज्ञान मन्दिरका वालबालिकाले नृत्य प्रस्तुत गरेको कार्यक्रममा झन्डै ३ सयकाे सहभागीता रहेको थियोे ।
प्रशिक्षार्थी पत्रकार
प्रकाशित मिति: २०२३-०२-०६ , समय : ०९:२५:५१ , ३ वर्ष अगाडि