ईनेपालपत्र समाचारदाता , ४१५ पटक हेरिएको
जाँते २१ माघ । जाँते खानेपानी तथा सरसफाई उपभोक्ता समुहको निर्वाचन बाट सचिब पदमा दुर्गा प्रसाद पोखरेल निर्वाचित हुनुभएको छ ।
आज बिहान भएको निर्वाचनको परिणाम अनुसार पोखरेलले ३७ मत ल्याएर बिजय बन्नुभएको हो । उहाका निकटतम प्रतिद्वन्दी टेकनाथ निरौलाले ३४ मत ल्याउनुभयो ।
अध्यक्ष सहित अन्य पदमा भने सर्बसम्मत भएको थियो । अध्यक्षमा दिपक पौडेल सहित अन्य पदाधिकारी तथा सदस्य अघि नै सर्बसम्मत चयन हुनुभएको हो ।
जाँते खानेपानीको सुधारका लागि ठूलो चुनौतिका बिच आएको समितिले शुद्ध खानेपानी खुवाउन चुनौती रहेको छ । समितिको अबधी ४ बर्ष सम्मका लागि हुनेछ ।
प्रकाशित मिति: २०२३-०२-०४ , समय : १५:००:३१ , ३ वर्ष अगाडि