लेटाङ जेसिस नयाँ कार्यसमिती २०२३ पदस्थापन

ईनेपालपत्र समाचारदाता , ४५०  पटक हेरिएको

लेटाङ ३० पुस। लेटाङ्ग जेसिजको २० औ पदस्थापन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।

नवनिर्वाचित बर्ष २०२३ लेटाङ जेसिसको कार्यसमितिलाई स्वागत गर्दै २०२२ को कार्यसमिती बिदा भएको छ ।

नवनिर्वाचित २०२३ का अध्यक्ष सुनिल चौधरीलाई २०२२ का अध्यक्ष मनोज बिश्वकर्माले आफुले लगाएको जेसिस चेन लगाएर पद हस्तान्तरण गर्नुभयो।
जेसिस २०२३ को कार्यकारिणी उपाध्यक्षमा सबिन निरौला र दुर्गा घिमिरे लगायत उपाध्यक्ष , महसचिब , कानुनी सल्लाहकार , कोषाध्यक्ष लगायत अन्य जिम्मेवारी प्राप्त संयोजकहरुले समेत पदभार ग्रहण गरेका छन ।

कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख भुपेन्द्र कुमार लावती प्रमुख अतिथी रहनुभएको थियो । बिशिस्ट अतिथिमा नेपाल जेसिसका अध्यक्ष बिकास मानन्धर , लेटाङ नगरपालिकाकि उपप्रमुख कृष्ण कुमारी निरौला , लेटाङका पुर्व प्रमुख शंकर राई लगायत हुनुहुन्थ्यो ।
कार्यक्रमको संयोजन राममणी बरालले गर्नुभएको थियो।

उधोग बाणिज्य संघ लेटाङमा भएको कार्यक्रममा लाई २०२२ का महासचिब सबिन निरौलाले संचालन गर्नुभएको थिए ।

प्रकाशित मिति: २०२३-०१-१४ , समय : ०७:५७:३६ , ३ वर्ष अगाडि