Enepal Patra Pvt. Ltd. , ९०१ पटक हेरिएको
काठमाडौँ ९ पूस। राजस्व अनुसन्धान विभागले करिब १२ करोड अपचलन गरेको दाबी गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ।
श्रीराम टोबाको उद्योग प्रालि, न्यू लालिगुराँस इन्टरप्राइजेज र एक भारतीय नागरिकविरुद्ध करिब १२ करोड रकम अपचलन गरेको आरोपमा विभागले मंगलबार मुद्दा दायर गरेको हो।
टोवाकोका सञ्चालकविरुद्ध १० करोड ७३ लाख बिगो दाबी गरिएको छ भने न्यू लालिगुरास इन्टरप्राइजेजविरुद्ध ५९ लाख ३४ हजार बिगो दाबी गरिएको छ।
त्यसैगरी भारतीय नागरिक असफाक मिर्जाविरुद्ध ४८ लाख ७८ हजार १२० रुपैयाँ बिगो दाबी गरिएको छ। विभागका सूचना अधिकारीले सार्वजनिक गरेको विज्ञप्तिा अनुसार राजस्व चुहावट तथा विदेशी विनिमय अपचलन अयोगमा मुद्दा दायर भएको हो।
मुद्दा दायर भएका कम्पनी र व्यक्तिमाथि विगोको दोब्बरसम्म जरिवाना र तीन वर्षसम्म कैद सजायको माग गरिएको छ।
प्रकाशित मिति: २०१९-१२-२५ , समय : १५:३१:१३ , ७ वर्ष अगाडि