आजै सानो आकारको मन्त्रिमण्डल बनाइने

ईनेपालपत्र समाचारदाता , २५४  पटक हेरिएको

काठमान्डौ , ११ पुस ।प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पद तथा गोपनीयताको शपथ लिएपछि आजै सानो आकारको मन्त्रिमण्डल बनाउने नेकपा (माओवादी केन्द्र)ले निर्णय गरेको छ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकले मन्त्रिपरिषद्मा पार्टीका तर्फबाट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठलाई सहभागी गराउने निर्णय पनि गरेको छ।

श्रेष्ठले सम्हाल्ने मन्त्रालयका बारेमा टुङ्गो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए। आज अपराह्न ४ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा नवनियुक्त प्रधानमन्त्री प्रचण्डको शपथ कार्यक्रम राखिएको छ। रासस

प्रकाशित मिति: २०२२-१२-२६ , समय : १३:३२:४५ , १ वर्ष अगाडि