हात्ती प्रभाबितद्वारा सिडियोलाई ज्ञापनपत्र

प्रशान्त निराैला , २३५  पटक हेरिएको

लेटाङ ११ मंसिर । उत्तरी मोरङमा हात्तिको आतंक फैलिएपछी युवाहरुले सिडियोको गुहार मागेका छन ।

हात्ति प्रभावित क्षेत्रका पिडित स्थानियबासिको प्रतिनिधित्व गर्दै आज जिल्ला प्रशासन कार्यलय मोरङका प्रमुख जिल्ला अधिकारी (CDO) काशिनाथ दाहाल , प्रदेश बन तथा बातावरण मन्त्रालयका सचिव डा. सन्जिव कुमार राइ , जिल्ला बन अधिकृत (DFO) अनिरुद्ध साह लगायत सम्बन्धित निकायहरुको ध्यानाकर्षण गराइ समस्याको तत्काल सावधान गराउन स्थानिय युवाहरु द्वारा पहलकदमि गरेका हुन ।

लेटाङ २ का हात्ती प्रभावित क्षेत्रका जागरुक युवाहरु राममणी बराल,सन्तोष मगर ,मिलन आले ,सन्देश पौडेल सहितको प्रतिनिधिमुक सहभागितामा बिराटनगर पुगेका युवाहरुले ज्ञापनपत्र मार्फत जनधनको रक्षाका लागि माग गरेका हुन ।

ज्ञापन पत्र बुझ्दै सम्बन्धित निकाय द्वारा सकारात्मक प्रतिक्रिया पाएको अभियान्ता राममणी बरालले जानकारी दिनुभयो । आजै बाट हात्ति नियन्त्रण का लागि बिसेस कार्यहरु थालनि गरिने भएको बरालले जनाए ।
प्रभावित क्षेत्रका स्थानियहरु सजग रहन समेत अभियान्ता बरालले अनुरोध गरेका छन ।

प्रकाशित मिति: २०२२-११-२७ , समय : १६:५६:१२ , १ वर्ष अगाडि