ईनेपालपत्र संबाददाता , ५ पटक हेरिएको
मोरङ, २७ साउन । पथरी बजार अनुगमनको क्रममा लुकाएर राखिएको १९ वटा भरिएका एलपी ग्याँस सिलिन्डर बरामद गरिएको छ ।
बुधबार पथरीशनिश्चरे नगर उपप्रमुखको नेतृत्वले ग्यास डिपोको अनुगमन गर्दा एउटै डिपो बाट सो परिणामको ग्यास बरामद गरिएको हो ।
पथरी शनिश्चरे नगरपालिका–१ स्थित रत्नचौकमा रहेको कोशी ग्याँस डिलरको विक्रेता भुल्केदेवी ट्रेड एण्ड सप्लायर्सका सञ्चालकले आफ्नै घरमा लुकाएर राखेको अवस्थामा ती ग्याँस सिलिन्डर बरामद गरिएको हो ।
उपप्रमुख देबिमाया काफ्लेको टोलीले ग्यास डिपोमा ग्यास नभएको र बजारमा कृतिम अभाब देखाएर महगो मुल्यमा सप्लायर्सका सन्चालकले बिक्री गरेको गुनासोका आधारमा सन्चालक तेजेन्द्र राजभण्डारीको घरमा छापा मारेको थियो ।
राजभण्डारीले १० दिन देखि ग्यास नभएको भन्दै उपभोक्तालाई फर्काउदै आएका थिए भने महगो मुल्यमा ग्यास दिने गरेको गुनासो उपभोक्ताको थियो । बरामद गरिएको ग्यास आजै कोशी ग्यासका उपभोक्तालाई बितरण गरिएको छ भने सप्लायर्स सन्चालकलाई सचेत गराईएको छ । उपमेयर काफ्लेको एक्सनले भान्सामा राहात भएको स्थानीयबासिले बताएका छ्न ।
बजारमा ग्याँसको कालोबजारी भइरहेको भन्ने सूचना प्राप्त भएपछि उपमेयर काफ्ले सहितको टोलीले अनुगमनलाई तीव्रता दिएको छ । राजभण्डारी पथरी उधोग बाणिज्य संघका निबर्तमान कोषाध्यक्ष हुन भने दुर्गा प्रसाईं सम्बन्ध दलका स्थानिय नेता हुन ।
यसैक्रममा समितिले वडा नं. १ मा रहेको दिपक हार्डवेयरमा ग्याँस बिक्री वितरणको प्रमाण–पत्र बिनै ग्यास बिक्री गरिएको पाइएकाले सो का लागि सचेत गराईएको छ ।
हार्डबेयरका सन्चालक दिपक बस्नेतले ग्याँस बिक्री वितरणको प्रमाण–पत्र आजै उपलब्ध गराउने प्रतिबद्धता जनाएका छ्न । उनी पथरी उधोग बाणिज्य संघका बर्तमान अध्यक्ष हुन ।
बजारमा ग्याँसको कालोबजारी तथा कृत्रिम अभाव सिर्जना भइरहेको भन्ने सूचना प्राप्त भएपछि नगरपालिकाले बजार अनुगमनलाई थप तीव्रता दिएको जनाएको छ ।
प्रकाशित मिति: २०२६-०८-१२ , समय : १७:२०:०३ , १ घन्टा अगाडि