लेटाङमा अबैध नदीजन्य सामाग्री उत्खनन गर्ने ४ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

ईनेपालपत्र , ३७४  पटक हेरिएको

लेटाङ, २३ भदौ । मोरङको लेटाङ स्थित चिसाङ खोलामा अबैध नदीजन्य सामाग्री उत्खनन गर्ने ४ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

लेटाङ नगरपालिका-३ चिसाङ खोलामा अबैध रुपमा नदिजन्य पदार्थ ढुङगा, गिटि बालुवा उत्खनन् गरिरहेको अवस्थामा ती ट्याक्टर ईलाका प्रहरी कार्यालय लेटाङले नियन्त्रणमा लिएको हो।

प्रदेश नं. २-०३-०० त २११६, को २ त ४३११, को २ त ७०२३ र को ३ त ७३१ नम्बरको ट्रयाक्टरहरू नियन्त्रणमा लिएको प्रहरीले जानकारी दिएको छ।

नियन्त्रणमा लिइएको चारै वटा ट्याक्टरलाई आवश्यक कारवाहिको लागि लेटाङ नगरपालिकाको कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ।

प्रकाशित मिति: २०२२-०९-०८ , समय : ०७:१०:४७ , ३ वर्ष अगाडि