मुख्यमन्त्री राईलाई मातृशोक

ईनेपालपत्र , ४५९  पटक हेरिएको

विराटनगर, २० भदौ । प्रदेश नम्बर एकका मुख्यमन्त्री राजेन्द्र कुमार राईलाई मातृशोक परेको छ ।

राईकी ममतामयी माताको सोमबार बिहान विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा निधन भएको हो ।

भोजपुरको षडानन्द नगरपालिका निवासी राईकी ८४ वर्षीया आमा धनकुमारी राईको स्वास्थ्य समस्या देखिएपछि केही दिन अघि उनलाई हेलिकप्टरबाट उपचारको लागि बिराटनगर ल्याइएको थियो ।

मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार राईको पार्थिव शरीर मोरङ सहकारी अस्पतालमा श्रद्धाञ्जलीका लागि राखिने र अंतिम संस्कारको लागि आजै भोजपुर लगिने छ । राई पछिल्लो समय निमोनियाबाट ग्रस्त थिइन् ।

प्रकाशित मिति: २०२२-०९-०५ , समय : ११:१७:४८ , ३ वर्ष अगाडि