enepalpatra , २५१७ पटक हेरिएको
सुन्दरहरैँचा , ३१ साउन। काङ्ग्रेसको आन्तरिक पार्टी भित्रको विवाद केन्द्र हुँदै जिल्ला सम्म आइपुगेको छ । केन्द्रमा देउवा विरुद्द शेखरले आवाज उठाउदै आएका बेला मोरङमा भने देउवा समुहले कोइराला समुहविरुद्द आवाज उठाउदै आएका छन । काठमाण्डौमा हिजो मात्र कोइराला समुहले युवाहरु बिच छलफल चलाएपछी मोरङमा भने देउवा समुहले कोइराला समुह विरुद्द लड्न गोप्य छलफल गरेको छ ।
मोरङको सुन्दरहरैँचा स्थित विराटचौकको नेपालीरिका होटलमा हिजो शनिबार दिउसो देउवा समुहका केन्द्र्, प्रदेश र जिल्ला स्तरिय नेताहरुको गोप्य छलफल भएको काङ्ग्रेस स्रोतले जनाएको छ । मोरङमा कोइराला विरुद्द लड्न सबै एक हुनुपर्ने बिषयले स्थान पाएको बैठकमा एक सहभागी नेताले बताए । ती नेताका अनुसार केन्द्र देखी जिल्ला सम्म पछील्लो समय कोइराला हावी भएको भन्दै मोरङबाटै देउवा समुह एक हुनुपर्ने बिषयमा छलफल भएको ती नेताले बताए ।
बैठकमा आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा उम्मेद्वार चयन गर्ने बिषयमा समेत छलफल भएको स्रोतले बताएको छ । मोरङका सबै क्षेत्रमा कोइराला समुहलाई पेलेर जानु पर्ने नत्र अस्तित्व नै धरापमा पर्ने देखिएको भन्दै टिकट वितरणमा ध्यान दिनु पर्ने , अधिकांशं नेताको सिट सुरक्षित हुनु पर्ने बिषयमा छलफल भएको स्रोतले बताएको छ । छलफलमा प्रेस युनियन मोरङको बिषयले समेत स्थान पाएको स्रोतले बताएको छ । युनियनमा कोइराला समुहको हावी बढ्दै गएको कारण देउवा समुहले युनियनको बिषय प्रती सोच्नुपर्ने बेला आएको सहभागी एक नेताले बताए ।
बैठकमा खड्ग फागो र रमेशजंग रायमाझी बिच केही बेर भनाभन भएको थियो भने भिम पराजुलीले आफु क्षेत्र बिहिन भएकोले आफ्नो निर्वाचन क्षेत्र छुट्याइदिन माग गरेका थिए । फागोले बैठक चलिरहेकै बेला रायमाझिले आफुलाई हराएको भन्ने आरोप लगाएको सहभागी एक नेताले बताए । तर फागोको आरोपित कुराको जवाफ नदिई रायमाझि छलफलबाट निस्किएका थिए । बैठकमा अमृत अर्याल, रमेशजंग रायमाझी, डिला संग्रौला, भिम पराजुली, दिलिप गछदार, खड्ग फागो, शिव ढकाल लगायतका व्यक्तीहरु उपस्थिती थिए । ईस्टखबरमा समाचार छ ।
प्रकाशित मिति: २०२२-०८-१६ , समय : ११:०४:२४ , ३ वर्ष अगाडि