मिस कोशीको पहिलो अडिसनबाट २० जना छनौट

ईनेपालपत्र समाचारदाता , ४२८  पटक हेरिएको

विराटनगर , १८ साउन ।  सातौँ संस्करणको मिस कोशी २०२२ प्रतियोगिताको पहिलो अडिसन सम्पन्न भएको छ । सुनसरीको इटहरी, धरान र विराटनगरमा भएको पहिलो अडिसनबाट २० जना किशोरी छनौट भएका हुन् ।

अडिसनमा सहभागी भएका उत्कृष्ट हुने प्रतियोगिहरूलाई फाइनलको लागि छनौट गरिएको हो ।

पहिलो अडिसनबाट छनौट भएकाहरूमा खोटाङकी चाँदनी राई,
विराटनगरकी निरिछा मण्डल, बबिता राय, इनरुवाकी श्रुतीकुमारी उरॉव, सिरहाकी ऐश्वर्याकुमारी सिहं, दुहबीकी सिर्जना लुईटेल, मोहत्तरीकी सानी खातुन, धरानकी तृप्ता राई, गिता लिम्बु, धनकुटाकी मुना लिम्बु, नुमाफुङ निलेखु, तेह्रथुमकी बिनिता लिम्बु रहेकी छिन् । यस्तै रामधुनीकी भावना राई, ओखलढुङ्गाकी सोनिया राई, सम्झना बस्नेत, भोजपुरकी समिक्षा श्रेष्ठ, सुन्दरहरैचाकी सफायर राई, इटहरीकी सृष्टी पाख्रेल, दिया घिमिरे र लेटाङकी स्मृती लामा रहेकी छिन् ।

प्रकाशित मिति: २०२२-०८-०३ , समय : ०६:५२:१९ , २ वर्ष अगाडि