ईनेपालपत्र समाचारदाता , ५८६ पटक हेरिएको
विराटनगर, २५ असार । मानब बेचबिखन तथा ओसार-पसार मुद्धाका फरार प्रतिवादी २ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुन्दरहरैचा नगरपालिका ९ बस्ने ३० बर्षीय सुमन श्रेष्ठ र सुन्दरहरैचा नगरपालिका १० बस्ने २३ बर्षीया झक्कु उराव रहेका छन् ।
१ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगर RIT समुहबाट खटिएको प्रहरी टोलीले हिजो उनीहरुलाई खोजतलास गर्दै जाँदा गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा फेला पारी पक्राउ गरी सम्मानित सुनसरी जिल्ला अदालतमा दाखिला गरेकोमा सम्मानित अदालतले कैद भुक्तानको लागी सुनसरी जिल्लाको झुम्का कारागार पठाइएको छ ।
पक्राउ परेका सुमनको मानब बेचबिखन तथा ओसार-पसार मुद्धामा सम्मानित सुनसरी जिल्ला अदालतको मिति २०७६।१०।२९ गतेको सजाय निर्धारण फैसला आदेशले लगत नं. ९४३७ मा क्रमशः ५ बर्ष ८ महिना २९ दिन कैद भुक्तान गर्न बाँकी रहेको थियो भने झक्कु उरावको १ बर्ष ८ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेका थिए ।
प्रकाशित मिति: २०२२-०७-०९ , समय : १०:३३:३१ , ४ वर्ष अगाडि