गाँजा सहित दुई पक्राउ

हाम्रो समाचारदाता , ४०४  पटक हेरिएको

झापा, २५ असार ।झापाको मेचीनगर नगरपालिका १ ज्योतीटोल बस्ने ४४ बर्षीय पदम बहादुर दर्जी र २३ बर्षीय चरण लामिछानेलाई लागुऔषध गाँजा सहित पक्राउ गरिएको छ ।

हिजो राती साढे ८ बजे प्रहरी चौकी तिरिङखोलाबाट खटिएको प्रहरी टोलीले दर्जीको घरबाट लागुऔषध गाँजा ३ किलोग्राम र गाँजा कारोबार गर्न आएका लामिछाने सहितलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका दुवैको ईलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: २०२२-०७-०९ , समय : १०:१९:१८ , ४ वर्ष अगाडि