पर्शुराम बस्नेत प्रदेश सभामा उम्मेदवार हुने

Biratnagar , ५५७  पटक हेरिएको

नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेत

 

विराटनगर २६ जेठ । नेकपा एमालेका युवा नेता पर्शुराम बस्नेत आउँदो प्रदेश सभाको निर्वाचनमा प्रत्यक्षतर्फ उम्मेदवार हुने भएका छन् । मोरङ निर्वाचन क्षेत्र ६ को ुखु बाट बस्नेत उम्मेदवार हुने तयारी गरिरहेका छन् । एमालेमात्र होइन युवामाँझ लोकप्रिय रहेका बस्नेत गतपटक पनि उम्मेदवार हुन खोजेका थिए तर, टिकट दिइएन ।

बस्नेतको नाम यसपटक विराटनगरको मेयरमा चर्चामा थियो तर, उनले सागर थापाको नाममा सहमति जनाएर पछि हटे ।

यो क्षेत्रबाट गतपटक कांग्रेसका केदार कार्की विजयी भएका थिए । कांग्रेस नेता डा। शेखर कोइरालाको यो निर्वाचन क्षेत्रका दुबै प्रदेश सभा सांसदमा कांग्रेस विजयी भएका थिए तर, प्रतिनिधिसभातर्फ भने एमालेका लालबाबु पण्डित विजयी भएका हुन् । यसपटक पनि प्रतिनिधिसभामा पण्डित नै उम्मेदवार हुने देखिएको छ । स्थानीय निर्वाचनमा भने प्रदेश ख मा कांग्रेसले एमालेको तुलनामा ५ हजारभन्दा बढी मत ल्याएको छ ।

केदार कार्कीलाई उम्मेदवार नबनाएको अवस्थामा बस्नेतको विजय सुनिश्चित हुने देखिन्छ तर, कांग्रेसभित्र तिब्र अन्तरद्वन्द्व छ । बस्नेतले कडा टक्कर दिने देखिएको छ । एमाले खेलकूद महासंघका अध्यक्ष समेत रहेका बस्नेत पार्टीका कुशल संगठक मानिन्छन् ।

प्रकाशित मिति: २०२२-०६-०९ , समय : १३:४५:५३ , २ वर्ष अगाडि