वडाध्यक्ष तामाङको सक्रियता बढ्दै,५० विपन्न परिवारले पाए न्यायो सिरक

Enepal Patra Pvt. Ltd. , ७६४  पटक हेरिएको

पथरी, माघ ३ ।मोरङको पथरीशनिश्चरे ६ का अत्यन्तै विपन्न ५० परिवारलाई लायन्स क्लव अफ योङहार्ट बिराटनगरले न्यायो सिरक प्रदान गरेको छ । आइतबार स्थानीय शिक्षा विकास आधारभूत विद्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा योङहार्टका पदाधिकारी र पथरीशनिश्चरे ६ का वडाध्यक्ष जयबहादुर तामाङले विपन्न परिवारका सदस्यलाई सिरक प्रदान गर्नु भयो ।
लायन्स क्लव अफ विराटनगर योङहार्टका अध्यक्ष सनातन कुमार मण्डलको सभापतित्वमा भएको कार्यक्रममा लायन निश्चल श्रेष्ठले गरिव तथा विपन्नलाई जाडोमा न्यायो सिरक प्रदान गरिएको बताउनु भयो । श्रेष्ठले नै सिरक सौजन्य गर्नु भएको हो । आइतबार लायन्स क्लवका संस्थापक मेल्भीन जोनको जन्मदिन समेत रहेकोले सोही अवसरमा सिरक वितरण गरिएको सनातन कुमा मण्डलले बताउनु भयो ।

 

कार्यक्रमका प्रमुख अतिथि वडा नं. ६ का वडाध्यक्ष जयबहादुर तामाङले आफ्नो वडामा आएर विपन्न परिवारलाई सहयोग गरेकोमा खुसी लागेको बताउनु भयो । वडाका विपन्न परिवारलाई यस अघि सौर्यउर्जाबाट सञ्चालित चुल्हो,सौर्य बत्ती , न्यायो कमल वितरण गरिसकेको बताउँदै वडाध्यक्ष तामाङले अब विपन्न परिवारलाई सीप सिकाएर आर्थिक उपार्जनको बाटामा लगाउने वडाको लक्ष्य रहेको बताउनु भयो । सोही अवसरमा वडा कार्यालयले लायन्स क्लव अफ योङहार्ट विराटनगरलाई कदर–पत्रले सम्मान गरेको । आफ्नो वडामा एकैपटक ५० घरपरिवारलाई न्यानो सिरक प्रदान गरेर सहयोग गरेको भन्दै कदर पत्रले सम्मान गरिएको अध्यक्ष तामाङले बताउनु भयो । सोही अवसरमा शिक्षा विकास आधारभुत विद्यालयका विद्यार्थीलाई भोजन समेत गराइएको थियो ।

न्यानो वितरणका लागि लायन नन्दन थापाले संयोजन गरेका हुन् । हसन्दह निवासी थापाले आफ्नो वडामा भएका अतिविपन्नका लागि जाडोमा राहत महसुस होस भन्ने ठानेर न्यानो कपडा सिरक वितरणका लागि संयोजन गरेका बताएका छन् ।

प्रकाशित मिति: २०१९-०१-१७ , समय : ११:१७:४१ , ५ वर्ष अगाडि