Enepal Patra Pvt. Ltd. , ५९५ पटक हेरिएको
लेटाङ , १८ चैत ।लेटाङ नगरपालिकाले सार्बजनिक सुनुवाई गरेको छ । आज सार्बजनिक ओहोदामा रहेका पदाधिकारीले आफुले संम्पादन गरेको कार्य , कार्यको गुणस्तर ,पालन गरेका प्रकृया , खर्च गरेको रकम ,प्राप्त गरेको उपलब्धीका बिषयमा आफ्ना जनतालाई पुर्ण जानकारी दिने उदेश्यले सार्बजनिक सुनुवाई गरिएको हो ।
उक्त कार्यक्रममा बिकास, सेवा प्रवाह लगायतका बिबिध बिसयमा सरोकारवालाहरुले गरेका प्रश्नहरुको जवाफ दिइएको थियो।
सरोकारवालाले राखेका बिबिध प्रश्नहरुको उत्तर लेटाङ नगरप्रमुख शंकर राई, उपप्रमुख कृष्ण कुमारी निरौला , प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहाल तथा वडा अध्यक्षहरु , बिसयगत शाखाका प्रमुखहरुले जवाफ दिनुभयो ।
संस्थागत सुसासन कायम गर्ने तथा आफ्ना जनता प्रती उत्तरदायी हुने प्रकृयाको रुपमा सार्बजनिक सुनुवाई कार्यक्रम आयोजना गरिएको लेटाङ नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत अच्युत प्रसाद दाहालले बताउनुभयो ।
आज जनसेवा सामुदायिक बनको हलमा गरेको कार्यक्रममा राजनितिक दलका प्रतिनिधि, स्थानिय बासी , समाजसेवी तथा सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।
रेडियो बेतानाको संयोजनमा भएको कार्यक्रम ३ -३ महिनामा गर्ने गरिएको छ।
प्रकाशित मिति: २०२२-०४-०१ , समय : २०:५१:४४ , ४ वर्ष अगाडि