किसानलाई ठग्दै हिन्ने ब्यक्ति सक्रिय

Enepal Patra Pvt. Ltd. , ४७६  पटक हेरिएको

लेटाङ ९ फागुन । लेटाङ नगरपालिकामा ठगी गर्ने गिरोह सक्रिय बनेको छ ।

लेटाङ ५ र ६ का केही स्थानमा बाख्रा, सुंगुर पालनमा आफुले बजेट ल्याएर सहयोग गर्ने र यसका लागि समूह गठन गर्नु पर्ने भन्दै प्रत्येक सदस्य बनाए बापत एक सदस्य बापत ४ सयका दरले गाँउलेहरु संग रकम उठाएर एक अपरिचित ब्यक्ती फरार भए सङै यसको रहस्य बाहिर आएको हो ।
लेटाङ ६ का टेक बहादुर खत्री लगायतले ईलाका प्रहरी कार्यालयमा यो ठगी धन्दाको बिषयमा उजुरी समेत गरेका छन । सोझा जनतालाई प्रलोभनमा पर्दै पोइसा उठाएर फरार हुने ब्यक्ती बाट बच्नुपर्ने उहाँहरुको सुझाब समेत छ ।
यता ईलाका प्रहरी कार्यालय लेटाङले ठगी धन्दामा सम्लङ्न ब्यक्तिको खोजी भईरहेको जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२२-०२-२१ , समय : १९:००:०५ , ४ वर्ष अगाडि