Niroj Dhakal , ४१ पटक हेरिएको
विराटनगर। जेसीआई विराटनगरको आयोजनामा जारी ‘ट्रेनिङ विक २०२६’ (सेप्टेम्बर १९ देखि २४ सम्म) अन्तर्गत तेस्रो दिनको कार्यक्रमको रूपमा ‘फाइनन्सियल ३६०°’ (Financial 360°) विषयक विशेष तालिम कार्यक्रम सम्पन्न भएको छ। “सिक्नुहोस्, व्यवस्थापन गर्नुहोस् र पैसा बढाउनुहोस्” (Learn: Manage: Multiply – MONEY) भन्ने मूल नाराका साथ उक्त तालिम सञ्चालन गरिएको हो।
विराटनगर स्थित सामुदायिक विद्यालयको नमुना मानिने पोखरिया माध्यमिक विद्यालयमा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरूका लागि लक्षित गरी सो कार्यक्रम आयोजना गरिएको थियो।
कार्यक्रममा प्रमुख अथिती नेपाल बिमा प्राधिकरणका कोशी प्रदेश प्रमुख राजेन्द्र महर्जन ले नेपालमा बिमा र बैकिङ का पिलर को बारेमा महत्त्वपूर्ण धारणा राख्नुभएको थियो । कार्यक्रममा श्री इन्भेस्टमेन्टका प्रमुख बिशिस्ट अतिथी हरिबहादुर श्रेस्ठ साथै प्राचार्य खेमराज भट्टराई ले बितिय अनुसार भएमा मात्र लक्ष्य प्राप्त हुने बिसयमा कुरा राख्नुभएको थियो । नेपाल जेसीजका टीओटी (TOT) प्रशिक्षक तथा प्रभु बैंकका रिलेसनसिप अफिसर जेसी सबिन अधिकारीले मुख्य प्रशिक्षकको रूपमा विद्यार्थीहरूलाई वित्तीय साक्षरता, व्यवस्थापन र लगानीसम्बन्धी प्रशिक्षण दिएका थिए। कार्यक्रमको संयोजन जेसी रमेश थापाले गरेका थिए।
उक्त कार्यक्रमलाई सफल बनाउन सजिलो फार्मेसी, विराट स्पोर्ट्स जोन, ओली एण्ड एसोसिएट्स, शुभश्री नेटवर्क प्रा. लि. तथा विराटनगर ओरो डेन्टल केयरले सहयोगी संस्थाका रूपमा सहकार्य गरेका थिए।
त्यसैगरी शैक्षिक साझेदारका रूपमा विराटनगर जेसीजको परियोजना ‘जेसी बाल सदन माध्यमिक विद्यालय’, ब्रान्डिङ साझेदारका रूपमा ‘ग्राफडिजाइन एडभरटाइजिङ’ र मिडिया साझेदारका रूपमा ‘अखबारका कुरा’ रहेका थिए।
बिराटनगर जेसीजको तालिम सप्ताह यस हप्ताभरी विभिन्न तालिम दिएर मनाइने तालिम निर्देशक जेसी अभिषेक भट्टराईले जानकारी दिएका छन् ।
प्रकाशित मिति: २०२६-०९-२१ , समय : १९:३९:२० , ४६ मिनेटutes अगाडि