सरकारले ठोस निर्णय निकाल्न सकेन -डा. शशांक कोइराला

Enepal Patra Pvt. Ltd. , १२२३  पटक हेरिएको

पथरी, मंसिर २३ । सरकारले ठोस निर्णय निकाल्नुको सट्टा हावाको आसस्वन मात्र बाढेको नेपाली काङग्रेसका महामन्त्री डा। शशंक कोइरालाले बातएका छन ।

मोरङको पथरी शनिश्चरे नगरपालिकाको पथरी बजारमा जिपि कोइराला अध्ययन केन्द्रको आयोजनमा भएको “नेपालको संविधान कार्यान्वयनमा नेपाली कांग्रेसको भुमिका” विषयक खुल्ला सभाको सम्बोधन गर्दै नेपाली काग्रेका नेपाली काङग्रेसका महामन्त्री डा। शशंक कोइरालाले सरकारले ठोस निर्णय नल्याई हावा दारी पानी जहाज र रेलको कुरा ल्याएको भन्दै खेति योग्य जमीन र सिचाईको योजना बिर्शिएको बताए । १७ हजार हेक्टर जमिन बाजो छ । ९ करोड जनतालाई धान्ने जमिन बाजो रहेको भन्दै उत्पादन बढाई निर्यात गर्न सके रेल र पानी जहाजको कुरा सुहाउने कोईरालाले बताए ।

कार्यक्रममा बोल्दै नेपाली काङग्रेस केन्द्रीय सदस्य तथा संसद डा। मिलेन्द्र रिजादले अब काङग्रेसले नया जेम्मेवारी सम्माल्नु पर्ने बताएका छन । उपनिर्वाचनको पछिल्लो परिणामले बताएको डा। रिजालले बताए । रिजालले भने गिरिजा बाबकुले देखाएको बाटो सहि भएको भन्दै हिजो जंगलमा रहेको माओबादीलाई हिंसाको बाटो छोडी जनतासामु ल्याएकोले बिप्लबलाई पनि हिंसाको बाटो छोड्न आग्रह गर्नु भयो ।

केन्द्रीय सदस्य गुरुराज घिमिरेले प्राधनमन्त्रिको स्वास्थ्यका कारण देश अनिर्णियको बन्दी बनेको दावी गर्दै भरतले नेपनलको सिमा मिच्दा पनि यो सरकार कुनै प्रतिकृया नगरेको बताए ।
पुर्व एमालेको गढका रुपमा चिनिएको यस क्षेत्रमा दोहोरो स्वामित्व, सुकुम्वासी समस्या लाई चुनावी प्रचार बनाएर जनता झुक्याउदै आएको ले अव त्यसको पछि नलाग्न उनिहरुलाई काग्रेसका स्थानिय नेता डा। सुनिल शर्माले आग्रह समेत गरेका छन् ।
जिपि कोइराला अध्ययन केन्द्रका अध्यक्ष सुविन पराजुलिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेकपा र अन्य पार्टी परित्याग गरि २ दर्जन भन्दा बढी कार्यकर्ता काग्रेस प्रबेश गरका छन ।

प्रकाशित मिति: २०१९-१२-०९ , समय : २०:४८:४५ , ४ वर्ष अगाडि