नेकपा एमाले परित्याग गरि १८ जना नेपाली कांग्रेस पार्टिमा प्रवेश

Enepal Patra Pvt. Ltd. , ११६६  पटक हेरिएको

लेटाङ २७ पौष। लेटाङ नगरपालिका वडा नम्बर १ ले पौष २६ गते कात्तिकेमा आयोजना गरेको बुथ समिति गठन कार्यक्रममा नेकपा एमाले पार्टि परित्याग गरि १८ जना युवाहरु नेपाली कांग्रेस पार्टिमा प्रवेश गर्नु भएको छ।

बारम्बार चुनावको बेला जनतालाइ ठग्ने कम्युनिष्ट हरुको बोलि एकातिर र व्यावहार अर्को तिर हुने भएकोले आफुहरु आजित हुदै देश र जनताको लागि काम गर्ने पार्टि नेपाली कांग्रेस नै भएको ठहर गर्दै नेपालि कांग्रेस पार्टिमा प्रवेश गरेको पुर्व जिल्ला बाल क्लब सन्जाल मोरङका अध्यक्ष लक्ष्मी लिम्बुले बताउनु भयो।

नव प्रवेशि लाइ पार्टिमा उचित स्थान दिदै उहाँ हरुको भावनालाइ समेटेर आफुहरु अगाडि बढ्ने कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १ का क्षेत्रिय सभापति एवम् लेटाङ नगरपालिका का प्रमुख सङ्कर राइले बताउनु भयो।

कार्यक्रममा क्षेत्रिय सभापति राइ, नगर सभापति दिपक चन्द्र राइ लगाएतका नेताहरु ले टिका र खदा लगाइदिएर नव प्रवेशि हरुलाइ पार्टिमा स्वागत गर्नु भएको नेपाली कांग्रेस लेटाङका नगर सचिव सुदेश वस्तिले जानकारी दिनुभयो।

साथै उक्त कार्यक्रमले टिका प्रसाद राईको सम्योजकत्वमा लेटाङ १ मा (३ नम्बर )बुथ समिति समेत गठन गरेको थियो।

प्रकाशित मिति: २०२२-०१-११ , समय : ०७:३४:२८ , २ वर्ष अगाडि