ईनेपालपत्र संबाददाता , २ पटक हेरिएको
लेटाङ, ४ अशाेज। नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत लेटाङ नगरपालिकाका ९ वटै वडामा वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधिहरू सर्वसम्मत चयन भएका छन्। वडा अधिवेशनबाट सबै वडामा नेतृत्व र क्षेत्रीय प्रतिनिधि चयन भएसँगै लेटाङ कांग्रेस अब नगर अधिवेशनको तयारीमा जुटेको छ।
वडा नं. १ मा धनबहादुर लिम्बु, वडा नं. २ मा कविराज लिम्बु, वडा नं. ३ मा मेनशेर राई, वडा नं. ४ मा भीष्म श्रेष्ठ, वडा नं. ५ मा नारायण खत्री, वडा नं. ६ मा यामबहादुर तामाङ, वडा नं. ७ मा गौतम लिम्बु, वडा नं. ८ मा विष्णुकुमार लिम्बु र वडा नं. ९ मा सुजित बुढाथोकी वडा सभापतिमा सर्वसम्मत चयन भएका हुन्। सोही अधिवेशनबाट सम्बन्धित वडाबाट नगर तथा क्षेत्रीय अधिवेशनका लागि प्रतिनिधिहरूसमेत सर्वसम्मत चयन गरिएको छ।
वडा तहमा नेतृत्व र प्रतिनिधि चयनको प्रक्रिया सर्वसम्मत रूपमा सम्पन्न भएपछि अब कांग्रेसको ध्यान नगर अधिवेशनतर्फ केन्द्रित भएको छ। संशोधित निर्वाचन कार्यतालिकाअनुसार गाउँ/नगर अधिवेशन असोज ७ गते तथा प्रदेशसभा क्षेत्रीय र प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन असोज १० गते गर्ने तयारी रहेको छ।
त्यसपछि जिल्ला तथा प्रदेश तहका अधिवेशन हुँदै कांग्रेसको १५औँ महाधिवेशनको प्रक्रिया अघि बढ्नेछ। केन्द्रीय महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका रहेको छ। लेटाङमा वडा तहको अधिवेशन सर्वसम्मत रूपमा सम्पन्न भएपछि नगर, क्षेत्रीय हुँदै माथिल्ला तहका अधिवेशनमा समेत सहमति र सहकार्यलाई निरन्तरता दिने प्रयास हुने कांग्रेसका स्थानीय नेताहरूले बताएका छन्।
प्रकाशित मिति: २०२६-०९-२० , समय : १६:११:४८ , ५७ मिनेटutes अगाडि