बागमती, २० पुस । मकवानपुरको बकैया गाउँपालिकामा किसान सूचीकरण व्यवस्थित गर्नका लागि गाउँपालिकाले किसानलाई सूचीकरण प्रणाली सफ्टवेयर सञ्चालनसम्बन्धी तालिम प्रदान गरेको छ । पालिका आर्थिक विकास शाखाको आयोजनामा किसानलाई तालिम दिइएको हो ।

गाउँपालिकामा रहेका कृषकलाई सूचीकृत गर्दा गाउँपालिकालाई योजना बनाउन सहज हुने र कृषकको आवश्यकता र उत्पादनलाई समेत ध्यान दिन सहयोग पुग्ने भएका कारण उक्त कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । पालिकाले तालिममा सहभागीलाई किसानका घरघरमा गई किसान सूचीकरणको पूर्ण अभ्यास गराइरहेको जनाएको छ ।

तालिममा मकवानपुरगढी गाउँपालिकाका कृषि अधिकृत चन्द्रकान्त चौधरीले खाद्य अधिकार र खाद्य सम्प्रभुतासम्बन्धी ऐन २०७५, किसान सूचीकरण किन रु त्यसका अवधारणा नेपाल र अन्य मुलुकमा किसान सूचीकरणको अवस्था, प्रयोगबारे प्रस्तुति राख्नुभयो ।

त्यसैगरी कृषि र पर्यटनमा राम्रो आम्दानी गरिरहेको मकवानपुरगढी गाउँपालिकामा कार्यालयले पालिकाभित्रको कृषि उपजलाई पालिकाभित्रै खपत गराउने उद्देश्यका साथ पर्यटन व्यवसायीलाई तालिम दिने निर्णय गरेको छ । गाउँपालिकाले होटल, घरबास, रेष्टुरेन्ट तथा खाजाघरका सञ्चालकलाई कोदो र फापरको परिकार बनाउने तालिम दिने भएको हो ।

गाउँपालिकाको आर्थिक वर्ष २०७८÷७९ को वार्षिक कार्यक्रमअनुसार कृषि विकास कार्यक्रम सङ्घप्य सशर्ततर्फ ‘रैथाने बाली प्रवद्र्धन कार्यक्रम’ ९बाली विकास कार्यक्रम०अन्तर्गत कोदो र फापरको परिकार बनाउने तालिम दिन लागिएको हो । गाउँपालिकाका प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि विकास अधिकृत चन्द्रकान्त चौधरीद्वारा जारी सूचनामा पालिकामा दर्ता भई सञ्चालनमा रहेका होटल, रेष्टुरेन्ट, घरबास तथा खाजा पसल सञ्चालकलाई मात्र तालिममा सहभागी गराइनेछ । उक्त तालिममा सहभागिताका लागि सूचना जारी भएको मितिले २१ दिनभित्र अर्थात् माघ ८ गतेभित्र पालिकाको कृषि विकास शाखामा निवेदन दिन भनिएको छ ।

२९ लाखमा गुम्बा निर्माण

धार्मिक पर्यटन प्रवद्र्धन गर्दै स्थानीयवासीको जीवनस्तर उकास्न हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विभिन्न धार्मिक समुदायको मन्दिर, गुम्बा निर्माण गर्ने क्रममा रु २९ लाख लागतमा हेटौँडा उपमहानगरपालिका–९ मा गुम्बा निर्माण सुरु भएको छ । हेटौँडा उपमहानगरपालिकाले धार्मिक क्षेत्रलाई पर्यटनसँग जोड्ने भन्दै उक्त गुम्बा निर्माण सुरु गरेको हो ।

हेटौँडाका धेरैजसो वडामा स्थानीय समुदायको अगुवाइमा गुम्बा निर्माणको काम भइरहेका छन् । उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले गुम्बाको शिलान्यास गर्नुभयो । कार्यक्रममा बोल्दै नगरप्रमुख महतले हरेक समुदायको आफ्नो धर्म, संस्कृति रहेकाले यसको जगेर्ना गर्नुपर्ने र उक्त संरचनालाई पर्यटनसँग जोडेर समृद्धि ल्याउनमा जोड दिनुभयो । अरु विभिन्न भवन निर्माणका कामसँगै गुम्बा निर्माणमा पनि आफूहरूले प्राथमिकता दिएको बताउनुभयो । दुईतले सुविधायुक्त गुम्बा निर्माण हुने भएपछि स्थानीयवासी खुशी भएका छन् । गुम्बा घुम्न आउने आन्तरिक पर्यटकका कारण स्थानीय साना तथा खुद्रा व्यवसायी लाभान्वित हुने जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.