पाल्पा, २० मङ्सिर । पाल्पा, तानसेन नगरपालिका–९ दमकडाका ज्येष्ठ नागरिकका लागि निर्माण गर्न लागिएको न्यानो घरका लागि आर्थिक अभाव भएको छ । आर्थिक अभाव भएपछि तीन तले भवनको एक तला मात्र निर्माण गरिएको छ ।

दुई तला आर्थिक अभावले निर्माण गर्न नसकिएको निर्माण समितिका अध्यक्ष मीनप्रसाद बञ्जाडेले बताउनुभयो । तानसेन नगरपालिकाको आर्थिक सहयोगमा उक्त भवन निर्माण थालिएको हो । भवन निर्माण सम्पन्न भएपछि वृद्धवृद्धाका लागि इन्टरनेटसहित हेरालुको व्यवस्था गर्ने लक्ष्य रहेको बञ्जाडेले बताउनुभयो । रु ३० लाख लागतको सो भवन गत असारमा सम्पन्न गर्नुपर्ने लक्ष्य थियो ।

न्यानो घर निर्माण नहुँदा वृद्धवृद्धा समस्यामा परेका छन् । स्थानीय सरकारले समयमा नै भवन निर्माण पूरा गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । वृद्धवृद्धालाई दिनभर घरमा बसिबसी समय बिताउन समस्या हुने गरेको छ । “आफ्ना समकक्षीसँग अनुभव आदनप्रदान गर्न गरी समय बिताउन सहज हुने छ”, बञ्जाडेले भन्नुभयो ।

तानसेनका नगर प्रमुख अशोककुमार शाही सरकारले ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षाभत्ता बाहेक अन्य क्षेत्रमा सहयोग गर्न नसकेको अवस्थामा नगरपालिकाले न्यानो घरको अवधारणा अघि बढाएको बताउनुहुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.