आमाछोरीकाे हत्यारा पक्राउ

Enepal Patra Pvt. Ltd. , ९५१  पटक हेरिएको

 

उदयपुर ३ कार्तिक । उदयपुर जिल्लामा आमाछोरीलाई हत्या गरेको आरोपमा पक्राउ गरेको छ ।
गत शुक्रबार राति आमा छोरीको घाटी रेटी हत्या गरेको आरोपमा त्रियुगा नगरपालिका ९ राजाबासकी आमा २८ वर्षिय शारदाकुमारी चौधरी ९गोमा० र छोरी ६ वर्षिय रचना कुमारी चौधरीको धारिलो हतियारले घाँटी रेटेर हत्या गरेका थिए । हत्यामा संलग्न लहान नगरपालिका २ मटरुवा घर भई हाल त्रियुगा नगरपालिका ३ स्थित मोतिगडामा मिठाई पसल संचालन गर्ने वर्ष ४० का रामहरीलाई विहिबार जिल्ला प्रहरी कार्यालय उदयपुरमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।

अभियुक्तले शुक्रबार साँझ अन्दाजी ७ बजेको समयमा घाँटीमा सलले कसी घटना घटाएको र पछि मृतकको घरको भर्याङ मुनी घाटी रेटी काटी मारेको अभियुक्तले स्वीकार गरेकोलाई उध्रित गर्दै पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी बीरबहादुर बुढामगरले पत्रकार सम्मेलनमा जानकारी दिइएएको छ । पत्रकार सम्मेलनमा अभियुक्तले पहिले आमालाई र पछि छोरीलाई पालैपाले घाँटीमा सलले कसी मारेको र मरेपछि अभियुक्तले धारिलो हतियार प्रहार गरेको एसपी मगरले जानकारी दिए ।
मृतकको घरमा आउजाउ गरिरहने साहमाथि शंका गरी अनुसन्धान गर्दा मृतक महिलाको कानबाट लुछिएको सुनको गहना २ वटा बटारेको ९बेरुवा० रिङ्ग र पानको पात जस्तो आकारको पोते बिनाको सुनको लकेट ९मंगलसुत्र० साहको कोठामा छापा मार्दा फेला परेको, मृतक महिलाले प्रयोग गर्ने चारवटा मध्ये तीनवटा मोवाइल सिम साहकै नाममा रहेको र विवाह गर्ने गरी लामो समय महिलासंग प्रेम गरेपनि असफल भएपछि हत्या गरेको वयानसमेतलाई आधारमानी प्रहरी अन्तिम निष्कर्षमा पुगेको एसपी मगरले बताए । साहले योजनाबद्ध ढंगले घटना घटाएको अनुसन्धानले देखाएको छ । श्रीमती नहुने भन्ने भएपछि मानसिकरुपमा विक्षिप्त भएका साहले दशै अघिदेखि नै हत्याको योजना बनाएको र आमाछोरी दुईजनामात्र घरमा भएको मौकामा घटना घटाएको बयान दिएको प्रहरीले जनाएको छ । गत २४ गते शुक्रबार राति माइती पक्षले मृतकको मोबाइलमा फोन गरेपनि फोन नउठेपछि आफ्न्तलाई उनको घर पठाएको थियो ।

आफ्न्त मृतकको घरमा आई हेर्दा बाहिरबाट चुकुल लागेको देखेपछि चुकुल खोलेर घरभित्र पस्दा आमा छोरीको घाटी रेटी हत्या भएको देखेपछि छरछिमेक हुँदै प्रहरीलाई खबर गरेका थिए ।प्रहरीले घटनाको प्रकृतिमुचुल्का उठाउनुका साथै गहिरो अन्सन्धान थालेको ६ दिनमै अपराधी पत्ता लगाएको हो । मृतकसंग सम्बन्ध भएका, व्यवहार गरेका स्थानीय छरछिमेकी, आफन्त र संकास्पद करिब दुईसय व्यक्तीहरुसंग सोधपुछ तथा अनुसन्धानपछि प्रहरी निश्कर्षमा पुगेको जनाएको छ । प्रहरीले धरानबाट तालिम प्राप्त लैला नामक कुकुर झिकाएर अनुसन्धान शुरु गरेको थियो ।

प्रकाशित मिति: २०१९-१०-२० , समय : १२:४२:५१ , ४ वर्ष अगाडि