पाँचथर, ११ कात्तिक । बाढीले निबुखोलास्थित पुलमा क्षति पु¥याएपछि अवरुद्ध बनेको फिदिम–यासोक सडक बुधबारदेखि सञ्चालनमा आएको छ ।

तमोर कोरिडोरमा पर्ने पुल तीन दिन लगाएर पुष्पलाल लोकमार्ग आयोजना कार्यालय, फिदिमले मर्मत गरेपछि यातायात सञ्चालनमा आएको हो । उक्त पुल फिदिम नगरपालिका–४ र कुम्मायक गाउँपालिका–४ को सीमा निबुखोलामा रहेको छ । यही कात्तिक १ गतेदेखि परेको अविरल वर्षाका कारण खोलामा आएको बाढीले उक्त पुलमा क्षति पु¥याएको थियो । पुलको मूल संरचनामा क्षति नभएको तर जमिनतर्फको भाग बाढीले बगाउँदा यातायात अवरुद्ध भएको छ । बाढीले बगाएको भाग ढुङ्गा र माटो हालेर तत्कालका लागि यातायात सेवा सञ्चालन गरिएको लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।

कुम्मायक र तुम्बेवा गाउँपालिकासहित फाल्गुनन्द गाउँपालिकाका केही वडालाई सदरमुकामसम्म जोड्ने उक्त पुलमा क्षति हुँदा एक सातासम्म आवतजावत ठप्प भएको थियो । फिदिम–यासोक सडक सञ्चालनमा आए पनि उत्तरे–यासोक सडक तथा यासोक–मुलघाट सडक सञ्चालनमा आउन सकेको छैन ।

वर्षाका कारण जिल्लाका अधिकांश सडकमा क्षति पुगेको छ । वर्षाका कारण ठाउँठाउँमा पहिरा गएको छ । पहिराले अवरुद्ध मेची राजमार्ग एकतर्फीरुपमा सञ्चालनमा ल्याइएको छ । जिल्लामा बाढी र पहिराबाट ३१ जनाको ज्यान गएको छ । तीन जना बेपत्ता छन् । बाढी र पहिराले भौतिक संरचना, कृषि उपजलगायतमा क्षति पुगेको छ । आठवटै स्थानीय तहमार्फत बाढी र पहिराबाट भएको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित

हाम्राे टिम

अध्यक्ष : हरिप्रसाद काेइराला

सम्पादक: पर्शुराम निराैला (प्रशान्त)

सुचना प्रविधि प्रमुख : भवेश मण्डल

संवाददाता : बिमला अधिकारी 

संवाददाता : पूजा बस्नेत

संवाददाता :  नवराज तुम्बापाे

संवाददाता : अनन्तराम बराल

हाम्राे बारेमा

ईनेपालपत्र डिजिटल मिडिया  प्रा.लि. द्वारा संचालित enepalpatra.com अनलाईन पत्रिकाले देश बिदेशका ताजा सामाचार सम्प्रेषण गर्दछ ।
सूचना तथा प्रसारण विभाग – १६७९/०७६/०७७
प्रेस काउन्सिल दर्ता न:– ४३९/०७६/०७७
कम्पनी दर्ता न:– २२९२७९/०७६/०७७
स्थायी लेखा नम्वर – ६०९६७०४८०

सम्पर्क

कानेपाेखरी -७ , मोरङ 

शाखा कार्यालय – लेटाङ,  माेरङ

सम्पर्क नं. :

बिज्ञापनका लागि:9842145045/9819325999
इमेल [email protected]

फेसबुक

Copyright © 2015-2022 Enepal Patra Pvt. Ltd.